काठमाडौंको रानीवनमा झडप, चार जना घाइते

१९ भदौ, काठमाडौं । काठमाडौंको रानीवनमा स्थानीय युवाका दुई समूहबीच झडप भएको छ । झडपमा चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति ढुंगेधारा र रानीवनका युवा समूहबीच झडप भएको हो ।

झडपमा ३० वर्षीय सुदीप रानामगर, २४ वर्षीय सुरज रानामगर, २७ वर्षीय नवराज रानामगर र सुरज थापामगर घाइते भएका छन् । घाइतेहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले झडपमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ ।

 



एक टिप्पणी भेजें

0 टिप्पणियाँ