दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

२ असोज, घोराही । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं. ३ निवासी १८ वर्षीय प्रकाश कुँवर रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

कुँवरको उपचारको क्रममा आज बिहान सवा ७ बजे लमहीमा मृत्यु भएको हो ।

उनलाई ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



एक टिप्पणी भेजें

0 टिप्पणियाँ