विराटनगर-काठमाडौं पाँच उडान

७ असोज, विराटनगर । कोरोना महामारीका कारण ६ महिना पछि खुलको आन्तरिक हवाई उडानको पहिलो दिन सोमबार विराटनगरबाट काठमाडौंका लागि पाँच वटा हवाई उडान हुने भएका छन् ।

सोमबार बुद्ध एयरलायन्सले तीन र यती एयरल्यान्सले दुई पटक उडान भर्ने भएका हुन् ।

विराटनगर विमानस्थलका प्रमुख उत्सव पोखरेलका अनुसार विराटनगरबाट काठमाडौंका लागि छ महिनाभन्दा बढी समयपछि पाँच उडान हुँदैछन् ।

पाँच उडानका लागि अधिकांश टिकट बुक भइसकेको एयरलायन्सले जनाएका छन् ।

विमानस्थल प्रशासनले आन्तरिक उडानका लागि सुरक्षाका सतर्कता अपनाएको छ ।



एक टिप्पणी भेजें

0 टिप्पणियाँ