भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु
११ कात्तिक, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनलाई कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट समेत पीडित थिए ।
 यो पनि पढ्नुहोस बीपी प्रतिष्ठान धरानमा ५० वर्षीय संक्रमितको मृत्यु
 यो पनि पढ्नुहोस बीपी प्रतिष्ठान धरानमा ५० वर्षीय संक्रमितको मृत्यु  यो पनि पढ्नुहोस रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु
 यो पनि पढ्नुहोस रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु 
 
एक टिप्पणी भेजें
0 टिप्पणियाँ