पीएसएल : मुल्तान सुल्तानलाई सुपर ओभरमा हराउँदै कराँची फाइनलमा
३० कात्तिक, काठमाडौं । कराँची किङ्स पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
लाहोरमा शनिबार भएको पहिलो क्वालिफायरमा मुल्तान सुल्तानलाई सुपर ओभरमा पराजित गर्दै कराँची पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।
गद्दाफी क्रिकेट स्टेडियममा भएको खेलमा मुल्तान सुल्तान र कराँचीले समान १४१ रन बनाएपछि खेलको नतिजा सुपरओभरबाट आएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको सुल्तानले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । १४२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कराँचीले पनि २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा कराँचीले २ विकेट गुमाएर १३ रन बनाएको थियो । सुल्तानले ९ रन मात्र जोड्न सक्यो ।
सुपर ओभरमा खेल जानुअघि टस हारेर पहिले ब्याटिङ गरेको मुल्तान सुल्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।सुल्तानको लागि रबि बोपाराले ४० रन जोड्दा सोहिल तान्भिरले अविजित २५ रन बनाए । जिसन आश्रफले २१ रन जोडे । कराचीका अश्रद इकबाल र वाकस माक्सुदले २-२ विकेट लिए ।
कराचीका बाबर आजमले ६५ रन बनाए । यस्तै कप्तान इमाद वासिमले अविजित २७ रन र एलेक्स हेल्सले २२ रन जोडे । सुल्तानको सोहिल तन्भिरले ३ विकेट लिए ।
पहिलो क्वालिफायर जितेको कराँची सिधै फाइनल पुगेको छ । अब कराँचीले दोस्रो क्वालिफायरको विजेतासंऊ उपाधिका लागि खेल्नेछ । पराजित सुल्तानको लागि भने फायनल पुग्ने अर्को अबर छ । सुल्तानले अब दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ