प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भीर मोडमा : मुख्यमन्त्री पोखरेल

२९ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।

प्रचण्डको प्रस्ताव प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगीन आरोप भएको पोखरेलले टिप्पणी गरेका छन् ।

पार्टी स्थायी समिति सदस्य एवं प्रधानमन्त्री ओलीका विश्वासपात्र पोखरेलले शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै प्रचण्डले शुक्रबारको सचिवालय बैठकमा एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरिरहेको उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस प्रचण्डको प्रतिवेदन : ‘ओली प्रवृत्ति’ को व्याख्या (पूर्णपाठसहित)

प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन मुख्यमन्त्री पोखरेलले अनुरोध गरेका छन् ।

यो पनि पढ्नुहोस प्रचण्डलाई ओलीको पत्र : कमरेड, कम्तीमा पनि लाज राख्नुपर्छ ! (पूर्णपाठसहित) यो पनि पढ्नुहोस ओलीलाई प्रचण्डको जवाफी पत्र : इनफ इज इनफ ! (पूर्णपाठसहित)

एक टिप्पणी भेजें

0 टिप्पणियाँ