अमेरिकाको सिनेटमा पहिलोपटक तेस्रोलिङ्गी निर्वाचित

१९ कात्तिक, काठमाडौं । अमेरिकाको माथिल्लो संसदमा पहिलोपटक तेस्रोलिङ्गी (ट्रान्सजेन्डर) निर्वाचित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बीबीसीका अनुसार अमेरिकाको डेलावेयरमा सारा म्याक ब्राइडले सिनेटको लागि भएको निर्वाचनमा जित हात पारेकी हुन् ।

उनी डेमोक्रेटिकको तर्फबाट सिनेटमा निर्वाचित भएकी हुन् ।

अमेरिकामा राष्ट्रपति पदका साथै एक तिहाइ माथिल्लो संसद् सिनेटका सदस्यको लागि पनि निर्वाचन भएको थियो ।

म्याकब्राइड ओबामाको पालामा इन्टर्नको रुपमा काम गर्थिन् । डेलावेयर डेमोक्रेटिक पार्टीको पकड क्षेत्र हो ।

अहिलेसम्मको अवस्थामा सिनेटको लागि डेमोक्रेटिक पार्टीका ४३ र रिपब्लिकन पार्टीका ४१ सांसद्ले आफ्नो स्थान पक्का गरेका छन् । डेमोक्रेटिकको तर्फबाट ३५ र रिपब्लिकनको तर्फबाट ३० जना भने यो निर्वाचनमा सहभागी भएका थिएनन् ।

अमेरिकाको माथिल्लो संसदमा ६ वर्षदेखि निरन्तर रिपब्लिकन पार्टीको पकड रहँदै आएको छ ।

स्रोत : बीबीसी /न्युयोर्क टाइम्स



एक टिप्पणी भेजें

0 टिप्पणियाँ