भक्तपुरको रानीकोट गढीमा सरसफाइ
भक्तपुर । ऐतिहासिक तथा प्राकृतिक हिसाबले महत्वपूर्ण मानिएको भक्तपुरको रानीकोट गढीमा पहिलो पटक स्थानीयवासीले सरसफाइ गरेका छन् । आन्तरिक पर्यटकहरुको आगमन बढ्दै गएपछि स्थानीय र पर्यटन व्यवसायीको टोलीले रानीकोट वरिपरिका पर्यटकीय क्षेत्रको सरसफाइ गरेको हो ।
रानी लुक्ने दरबारका नामबाट परिचित रानीकोट दरबारको ऐतिहासिक महत्व रहे पनि यो ओझेलमा परेको भिलेज हाइल्याण्ड रिसोर्टका रानीकोटका सञ्चालक रामसुन्दर बकेले बताए । उनले भने, ‘ऐतिहासिक महत्व बोकेको, उपत्यकाकै उच्च स्थानमा रहेको दरबार रानीकोट पर्यटकीय हिसावले मात्र नभएर ऐतिहासिक रुपले पनि महत्वपूर्ण छ । तर यसको जति चर्चा परिचर्चा हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।’
लकडाउन खुलेलगत्तै आन्तरिक पर्यटकहरु रानीकोट गढी आउन थालेकाले स्थानीयवासी र व्यवसायी मिलेर सरसफाइ गरेको बकेले बताए । रानीकोट क्षेत्र वरिपरि बाघभैरव मन्दिर परिसर पनि सरसफाइ गरिएको छ । त्यहाँबाट चार ट्रक फोहोर व्यवस्थापन गरिएको छ ।
अहिले सरसफाइ मात्र नभएर ऐतिहासिक दरबार क्षेत्र जोगाउन पछिल्लो समय स्थानीयले विभिन्न कार्यहरु गरिरहेका छन् । रानीकोट घुम्न आउने पर्यटकहरुले जताभावि फोहोर नफालुन् भनेर भिलेज हाइल्याण्ड रिसोर्टले फोहोर फाल्ने डोकाहरु बिभिन्न स्थानमा राखिदिएको छ ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ