झुलाघाट नाका पाँच दिनका लागि खुल्ला

७ मंसिर, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बन्द रहेको बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खुल्ने भएको छ ।

भारतीय पेन्सनरहरूलाई आवतजावत गर्नका लागि मंसिर ८ गतेदेखि १२ गतेसम्मका लागि नाका खुल्ला गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

पेन्सनरहरूलाई आवश्यक कागजातसहित झुलाघाटस्थित एसबिआई बैंकमा सम्पर्क राख्न पनि नेगीले आग्रह गरे ।

नेपाल–भारत नाका बन्द हुँदा पेन्सन नपाएपछि मन्त्रिपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय, बैतडी र जिल्लाधिकारीको कार्यालय, पिथौरागढले पाँच दिनका लागि नाका खोल्ने सहमति गरेको हो ।

पेन्सनरहरूका लागि खोलिएको भए पनि अत्यावश्यक काम परेकाहरूले समेत नाका प्रयोग गर्न सक्ने जिल्ला प्रशासन कार्यालय, बैतडीका एक अधिकारीले जानकारी दिए ।



एक टिप्पणी भेजें

0 टिप्पणियाँ