बीपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु

१० मंसिर, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ ।

सप्तरीको राजविराज–४ घर घएका ५० वर्षीय पुरुषको गएराति सवा १२ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । ती पुरुषमा पहिलेदेखि नै कलेजो सम्बन्धी  समस्या पनि रहेको अस्पतालको भनाइ छ ।

उनमा यही मंसिर १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।



एक टिप्पणी भेजें

0 टिप्पणियाँ