काबुलमा २३ रकेट आक्रमण, ८ जनाको मृत्यु

७ मंसिर, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको रकेट आक्रमणमा आठ जनाको मृत्यु भएको छ ।

आतंककारी समूहले शनिबार करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् ।

अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको संलग्नता रहेको आरोप लगाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए ।



एक टिप्पणी भेजें

0 टिप्पणियाँ