युरोपा लिग : आर्सनल समूह चरणमा अपराजित, लेस्टर र टोटनहम समूह विजेता
२६ मंसिर, काठमाडौं । इंग्लिस क्लबहरु आर्सनल, टोटनहम हट्सपर र लेस्टर सिटी आ-आफ्नो समूहको विजेता बन्दै युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेका छन् । यसअघि नै समूह विजेता बन्ने पक्का गरिसकेको आर्सनलले समूह बी मा शतप्रतिशत जित हात पार्ने क्रममा गएराति डुनडेकलाई ४-२ ले हरायो ।
यस्तै टोटनहम र लेस्टर पनि गएरातिको खेल जित्दै समूह विजेताको रुपमा अन्तिम ३२ मा प्रवेश गरेको छ ।
आर्सनललाई जित दिलाउन एडवार्ड एनकेतिहले १२औं, मोहमद इल्नेले १८औं, जोसेफ विल्लकले ६७औं र फ्लोरिन बालोगुनले ८०औं मिनेटमा गोल गरे । डुनडेका लागि २२औं मिनेटमा जोर्डन फल्रेस र ८५औं मिनेटमा सिन होएरेले गोल गरे ।
समूह चरणको सबै ६ खेल जित्दै आर्सनलले १८ अंक जोड्दा डुनडेक भने सबै ६ खेल हार्दै अंकविहिन बन्यो ।
यस्तै यसअघि नै समूह बी बाट अन्तिम ३२ मा स्थान बनाइसकेको मोल्डेले अन्तिम खेलमा रापिड विएनसंग २-२ को बराबरी खेलदै अंक बाँड्यो । मोल्डे १० अंक जोड्दै समूह बी मा दोस्रो भयो ।
यस्तै लेस्टर सिटी समूह बी को विजेता बन्दै नकआउट चरणमा पुग्यो । एइके एथेन्सलाई २-० ले पराजित गर्दै लेस्टर समूह्यको शीर्ष स्थानमा रहेको हो । लेस्टरका लागि सेन्गिज उन्डरले १२औं र हार्भे बार्न्सले १४औं मिनेटमा गोल गरे ।
ब्रागा समान १३ अंक जोडेपनि हेड टु हेडका आधारमा लेस्टर समूह विजेता बनेको हो । ब्रागाले पनि अन्तिम खेलमाजोयालाई २-० ले पराजित गर्दै १३ अंक नै जोड्दै समूह्य उपविजेता बन्यो । ब्रागाका लागि जोएल अबु हान्नाले ६१औं मिनेटमा आत्मघाती गोल उपहार दिए भने ६८औं मिनेटमा रिकार्डो होर्ताले एक गोल गरे ।
यस्तै समूह जे को अन्तिम खेलमा रोएल एन्तवेपलाईलाई २-० ले पराजित गर्दै सूमूह विजेता बनेको हो । टोटनहमका लागि ५७औं मिनेटमा भिनिसियस र ७१औं मिनेटमा जिओभानी लो सेल्सोले गोल गरे ।
जितपछि टोटनहम ६ खेलबाट १३ अंक जोड्दै समह विजेता बन्यो । एन्तवेप भने १२ अंकसहित समूह उपविजेता बन्यो ।
अर्को खेलमा एलएएसकेले लुडोगोरेट्स राजगार्डलाई ३-१ ले पराजित गर्दै १० अंक जोडेपनि समूह चरणबाटै बाहिरियो ।
गएरातीका खेलहरुपछि युरोपा लिगको अन्तिम ३२ मा पुग्ने सबै टिमको टुङ्गो लागेको छ । १२ समूहाट समह्यू विजेता र समह उपविजेता गरी २४ टिम र च्याम्पियन्स लिगबाट घटुवा भएका ८ टिम गरी ३२ टिमले अब युरोपा लिगको नकआउट चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
को-को पुगे अन्तिम ३२ मा?
समूह ए : रोमा र योङ ब्वाइज
समूह बी : आर्सनल र मोल्डे
समूह सी : बायर लेभरकुजन र स्लाभिया प्राग
समूह डी : रेन्जर्स र बेनफिका
समूह ई : पिएसभी आइन्डहोभन र ग्रानाडा
समूह एफ : नापोली र रियल सोसिडाड
समूह जी : लेस्टर सिटी र ब्रागा
समूह एच : एसी मिलान र लिले
समूह आई : भियारियाल र मकाई तेल अभिव
समूह जे : टोटनहम हट्सपर र एन्तवेप
समूह के : डिनामो जाग्रेब र वल्फ्सवर्ग
समूह एल : होफेनहेइम र रेड स्टार बेलग्रेड
च्याम्पियन्स लिगबाट घटुवा भएका ८ टिम
म्यानचेष्टर युनाइटेड
क्लब ब्रग
शाख्तर डोनेस्क
अयाक्स
क्रास्नोडर
साल्जवर्ग
डिनामो किभ
ओलम्पियाकोस
एक टिप्पणी भेजें
0 टिप्पणियाँ