नेपाली समाचारहरू
  • Home
  • TECHNOLOGY
  • राजनीतिक
  • सूचना प्रविधि
  • कृषि समाचार
  • खेलकुद
  • _राष्ट्रिय
  • _अन्तर्राष्ट्रिय
  • चलचित्र
  • समाचारहरु
समाचारहरु

कसरामा हुर्काइएका गोही राप्तीमा छोडियो

NEP-NEWS
by NEP-NEWS
दिसंबर 14, 2020

३० मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ ।

हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो ।

निकुञ्जको मुख्य कार्यालय कसरा नजिक नदीमा ती गोही छोडिएको हो । यस आर्थिक वर्षमा १०० गोही नदीमा छाड्ने लक्ष्य रहेको उनले जानकारी दिए । ती सबै गोही राप्तीमा छोडिँदै छ ।

गत वर्ष ५० गोही नदीमा छाडिएको थियो । राप्ती र नारायणी नदीमा गोहीले पारेका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा लग्ने गरिन्छ । ती अण्डा र प्रजनन केन्द्रका गोहीले पारेका अण्डा कोरलेर बच्चा हुर्काउने गरिन्छ । पाँच वर्षपछि ती बच्चा नदीमा छोडिँदै आएको छ । हाल छोडिएका गोही छ वर्ष उमेरका हुन् ।

सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । प्रजनन केन्द्रमा हुर्किएका योसहित एक हजार ५२५ गोही विभिन्न नदीमा छोडिएका छन् । सबैभन्दा बढी ८४५ गोही राप्तीमा छाडिसकिएको छ । नारायणीमा ३९९, कालिगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छाडिसकिएको छ । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार यहाँ हुर्काएर नदीमा छोडिएका गोही भारततर्फ जाने गरेका कारण नेपालका नदीमा सङ्ख्या बढ्न सकेको छैन । त्रिवेणीमा रहेको गण्डक ब्यारेजबाट भारततर्फ गएका गोही फर्किएर आउन कठिन हुने हुँदा पनि समस्या हुने गरेको छ ।

सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही मानव अतिक्रमणका कारण पनि समस्यामा परेको छ । माछा मार्न प्रयोग हुने तियारी जालमा बेरिएर बर्सेनि गोही मर्ने गरेका छन् । नदी प्रदूषित हुँदा गोहीलाई आहाराको अभाव र फोहरपानीका कारण यसको सङ्ख्या वृद्धिमा बाधा पर्ने गरेको उनको भनाइ छ ।

नदी छेउका शहर र उद्योगबाट उत्पादित फोहर नदीमा मिसिदा नदीमा जलीय पारिस्थितिकीय प्रणाली (वाटर इकोस्टिम) बिग्रिँदा गोही बचाउन कठिन भएको बरालले गुनासो गरे । मनोमानी ढङ्गले नदी खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्नाले पनि गोहीको बासस्थानमा खलल ल्याएको उनको भनाइ छ ।



समाचारहरु
  • और नया

  • पुराने

आपको ये पोस्ट पसंद आ सकती हैं

एक टिप्पणी भेजें

0 टिप्पणियाँ

Popular Posts

Tags

random/hot-posts

बुरे बर्ताव की शिकायत करें

यह ब्लॉग खोजें

  • जून 2021506
  • मई 2021710
  • अप्रैल 2021690
  • मार्च 2021713
  • फ़रवरी 2021644
  • जनवरी 2021713
  • दिसंबर 2020713
  • नवंबर 2020690
  • अक्टूबर 2020628
  • सितंबर 2020690
  • अगस्त 2020229

Categories

Most Recent

2/recent/post-list

Recent in Food

2/Food/post-list

Most Popular

Social Widget

All Copyright ©️ Received NEP News

Created By SoraTemplates | Distributed By Blogger Templates