पत्नी सीतालाई उपचार गराउन प्रचण्ड मुम्बई जाँदै
२० पुस, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिँदै छ । उनलाई बिहान ११ बजेको उडानबाट मुम्बई लैजान लागिएको हो ।
सीताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि साथमा रहने प्रचण्डको सचिवालयले जनाएको छ ।
सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ भनिन्छ । नेशनल हेल्थ सर्भिस, ब्रिटेनका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोषिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरु बताउँछन् ।
पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लगेर न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापी गराइने पारिवारिक स्रोतले बतायो ।
सीता यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत गएकी थिइन् ।
यो पनि पढ्नुहोस सीता दाहालको स्वास्थ्य समस्या के हो ? नेपालमा उपचार सम्भव छैन ?
एक टिप्पणी भेजें
0 टिप्पणियाँ