पीएसजी शीर्ष स्थानमा उक्लियो
४ माघ, काठमाडौं । पेरिस सेन्ट जर्मेन पीएसजी फ्रेन्च लिग वानको शीर्ष स्थानमा उक्लेको छ । लेविन कुर्जवाको एक मात्र गोल मद्दतमा एन्जर्सलाई १-० ले पराजित गर्दै पीएजीले अंकतालिकामा शीर्ष स्थानमा उक्लेको हो ।
पीएसजीलाई जित दिलाउन कुर्जवाले ७०औं मिनेटमा निर्णायक गोल गरे ।
जितपछि २० खेलबाट ४२ अंक जोडेको पीएसजी लियोनलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो । एक खेल कम खेलेको लियोन ४० अंकसहित दोस्रो स्थानमा छ । यस्तै ३९ अंक रहेको लिले तेस्रो स्थानमा छ ।
२० खेलबाट ३० अंक रहेको एन्जर्स सातौं स्थानमा छ ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ