संवैधानिक इजलासमा सपना मल्ल प्रधानको ‘इन्ट्री’

२९ पुस, काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास नै गठन गरेका छन् । उनले न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा सपना मल्ल प्रधानलाई राखेर इजलास गठन गरेका हुन् ।

प्रधान पहिलो संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । तर त्यसलाई प्रधानन्यायाधीश जबरा अस्वीकार गरेर संवैधानिक इजलास नै गठन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरेकी थिइन् ।



एक टिप्पणी भेजें

0 टिप्पणियाँ