समाचारहरु
चेल्सीमाथि म्यानचेष्टर सिटीको शानदार जित
२० पुस, काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटीले चेल्सीमाथि शानदार जित हात पारेको छ । आइतबार भएको खेलमा सिटीले चेल्सीलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो ।
सिटीका लागि १८औं एकाए गुन्डागोन, फिल पोडेनले २१औं र केभिन डे ब्रुएनाले ३४औं मिनेटमा गोल गरे ।
चेल्सीका लागि इन्जुरी टाइममा कलुम हड्सन ओडोइले सान्त्वना गोल फर्काए ।
जितपछि सिटी १५ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ ।
१७ खेल खेलिसकेको चेल्सी २६ अंकसहित आठौं स्थानमा छ ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ