पीएम कप फाइनल : आर्मी टस हारेर एपीएफविरुद्ध ब्याटिङ गर्दै
१७ माघ, काठमाडौं । चाैथाे संस्करणकाे प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेटकाे फाइनल खेल आज हुँदैछ । दुई विभागीय टाेली एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि खेल्दैछन् ।
एपीएफले टस जितेर फिल्डिङ राेजेपछि आर्मीले पहिले ब्याटिङ गर्दै छ ।
आर्मी लगातार चाैथाे पटक फाइनल खेल्दैछ । पहिलाे संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेकाे आर्मी पछिल्लाे दुई संस्करणकाे फाइनलमा पराजित भएकाे थियाे ।
दाेस्राे संस्करणमा एपीएफले आर्मीलाई नै हराएर उपाधि जितेकाे थियाे ।

एक टिप्पणी भेजें
0 टिप्पणियाँ