नेपाली समाचारहरू
  • Home
  • TECHNOLOGY
  • राजनीतिक
  • सूचना प्रविधि
  • कृषि समाचार
  • खेलकुद
  • _राष्ट्रिय
  • _अन्तर्राष्ट्रिय
  • चलचित्र
  • समाचारहरु
समाचारहरु

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

NEP-NEWS
by NEP-NEWS
जनवरी 29, 2021

१७ माघ, खोटाङ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ ।

गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो ।

शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।

मृतक हिमादेवी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक हुन् । वडाध्यक्ष फुयाँलका अनुसार वृद्धावस्थाका कारण हिमादेवी लामो समयदेखि बोल्न असमर्थ थिइन् । लुगा डढेको गन्धका आधारमा आफन्तले थाहा पाएपछि हिमादेवीलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए ।

हिमादेवीको मृत्यु भएको बारेमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए । हिमादेवीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको गाउँपालिका प्रमुख प्रदीप राईले जानकारी दिए ।



समाचारहरु
  • और नया

  • पुराने

आपको ये पोस्ट पसंद आ सकती हैं

एक टिप्पणी भेजें

0 टिप्पणियाँ

Popular Posts

Tags

random/hot-posts

बुरे बर्ताव की शिकायत करें

यह ब्लॉग खोजें

  • जून 2021506
  • मई 2021710
  • अप्रैल 2021690
  • मार्च 2021713
  • फ़रवरी 2021644
  • जनवरी 2021713
  • दिसंबर 2020713
  • नवंबर 2020690
  • अक्टूबर 2020628
  • सितंबर 2020690
  • अगस्त 2020229

Categories

Most Recent

2/recent/post-list

Recent in Food

2/Food/post-list

Most Popular

Social Widget

All Copyright ©️ Received NEP News

Created By SoraTemplates | Distributed By Blogger Templates