१०१ लेखक- साहित्यकारद्वारा प्रतिनिधि सभा विघटनको विरोध

१९ पुस, बुटवल । रूपन्देहीका लेखक तथा साहित्यकारहरूले प्रतिनिधि सभा विघटन संविधानमाथिको कुठाराघात भन्दै खेद प्रकट गरेका छन् । जिल्लाका एक सय एकजना लेखक-साहित्यकारहरुले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन संविधानको मर्म, व्यवस्था र जनआकांक्षा विपरीत रहेको ठहर गरेका हुन् ।

समाधानका अनेक बन्दोबस्त हुँदाहुँदै बहुमतको सरकारले प्रतिनिधि सभा विघटन गर्नु जनताको संघर्ष, बलिदान र उपलब्धीमाथिको कुठाराघात भन्दै उनीहरुले गम्भीर खेद प्रकट गरेका छन् ।

राजनीतिक समस्याको संवैधानिक निरूपण गरिनुपर्नेमा दलभित्रको विवादलाई लिएर प्रतिनिधि सभा नै विघटन गर्नु अनुचित कदम भएको लेखक तथा साहित्यकारहरुको ठहर छ । ‘राजनीतिक उतारचढावका कारण सिर्जित समस्याहरूलाई संविधानको दायरामा रहेर नै समाधान गर्न सकिन्छ । त्यसरी मात्र लोकतन्त्र र गणतन्त्रको रक्षा हुन सक्दछ । जनताको अथक संघर्षले हासिल भएका उपलब्धिहरू संस्थागत हुन सक्दछन् । हामी राजनीतिक दलका नेताहरूलाई वचन तथा कर्ममा संयम अपनाइ गम्भीर र सचेत रहन अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

संयुक्त अपिल जारी गर्नेहरुमा प्राज्ञ बुँद राना, विजय सागर, प्राध्यापक ऋषिराम भुसाल, दिल साहनी, ऋषि आजाद, रामचन्द्र श्रेष्ठ, गिरी श्रीस मगर, दीपक विश्वकर्मा, कृष्ण गाउँले लगायत छन् ।

१९ पुस, काठमाडौं । भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजनीतिक कोर्सलाई प्रभावित पार्ने कोसिस जारी राखेको र तीन सदस्यीय टोलीलाई काठमाडौंमै राखेको दावी गरेको छ ।

सो पत्रिकाले काठमाडौंमा रहेको चिनियाँ टोलीले नेपाली राजनीतिज्ञहरुलाई भेटघाट गरिरहेको समेत दावी गरेको छ । उच्च स्रोतलाई उल्लेख गर्दै सो पत्रिकाले भनेको छ, ‘चीनले नेपालमा गुप्त प्रयास गरिरहेको छ । अहिले चिनियाँ कम्युनिस्ट पार्टीको तीन सदस्यीय टिमलाई कार्यभार सुम्पिएको छ ।’

नेपालको मामिला लामो समयदेखि हेरिरहेका चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु अहिले काठमाडौंमा रहेको भन्दै सो पत्रिकाले ती अधिकारीहरुको नाम नै प्रकाशित गरेको छ ।



एक टिप्पणी भेजें

0 टिप्पणियाँ