टोटनहमको पोष्टमा सिटीको ३ गोल, शीर्ष स्थानमा ७ अंकको अग्रता
२ फागुन, काठमाडौं । लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा टोटनहमलाई ३-० ले पराजित गरेको छ । इकाए गुन्डागोनको दुई गोल मद्दतमा सिटीले सहज जित हात पारेको हो । सिटीका लागि रोड्रीले अर्को एक गोल गरे ।
घरेलु मैदानमा भएको खेलमा गुन्डागोनले ५०औं र ६६औं मिनेटमा गोल गरे । त्यसअघि रोड्रीले २३औं मिनेटमा गोल गरेका थिए ।
जितपछि सिटीले दोस्रो स्थानको लेस्टर सिटी माथि ७ अंकको अग्रता समेत बनाएको छ । सिटीको २३ खेलबाट ५३ अंक छ । २४ खेल खेलिसकेको लेस्टरको ४६ अंक छ ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ