जाजरकोटमा माटोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु

२८ माघ, जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

शिवालय गाउँपालिका-९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।

छेडा-कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर बुढाको ज्यान गएको जाजरकोटका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।



एक टिप्पणी भेजें

0 टिप्पणियाँ