समाचारहरु
शानदार जितसहित टोटमहम युरोपा लिगको अन्तिम १६ मा प्रवेश
१३ फागुन,काठमाडौं । जर्मन क्लब वल्फ्सवर्गलाई समग्रमा ८-१ ले पराजित गर्दै इंग्लिस क्लब टोटमहम हट्सपर युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
राउण्ड अफ ३२ अन्तर्गत दोस्रो लेगमा टोटनहमले घरेलु मैदानमा वल्फ्सवर्गलाई ४-० ले पराजित गर्दै समग्रमा ८-१ को जित हात पारेको हो ।
टोटनहमका लागि कार्लोस भिनिसियसले ५०औं र ८३औं मिनेटमा गोल गरे । यस्तै डेले अली ११औं र गारेथ बेलले ७३औं मिनेटमा गोल गरे ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ