प्रसूति र बच्चाको हेरचाहको लागि फिनल्याण्डलाई किन आदर्श मुुलुक मानिन्छ ?
कोरोना महामारीका कारण अघिल्लो वर्ष भएको लकडाउनको पहिलो २ महिनामा मात्रै नेपालमा ३१ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाए । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार लकडाउनको सो अवधिभर सो संख्यामा गर्भवती तथा सुत्केरीले ज्यान गुमाएका हुन् ।
यसमध्ये धेरै सुत्केरीले उचित स्वास्थ्य उपचारको अभावका कारण ज्यान गुमाएको विश्लेषकहरु बताउँछन् । नेपालमा स्वास्थ्यप्रतिको यति बेवास्ता भएरहँदा विश्वका कुनै देशहरू यस्तापनि छन् जहाँ सुत्केरी र गर्भवती आमा र बच्चाको लागि राज्यले नै विशेष नीति लिएका कारण ती मुलुकहरु विश्वमै आदर्श मुलुकको रूपमा चिनिन्छन् । त्यही आदर्श मुलुकको सूचीमा पर्छ फिनल्याण्ड पनि ।
फिनल्याण्डको हेलसिंकीमा बस्ने मारिया ऐनामो म्याकडोनाल्ड एक मार्केटिम विशेषज्ञको रूपमा काम गर्छिन् । उनले छोरालाई जन्म दिने बेलामा ३ दिनसम्म आफ्ना पति र बच्चाका साथमा निजी अस्पतालको कोठामा बस्दा उनले लगभग कुनैपनि शुल्क तिर्नु परेन । उनले अस्पतालको तर्फबाट नै खाजा खाना लगायतका सबै सुविधाहरू अस्पतालकै तर्फबाट व्यहोरिएको थियो । मारियाको प्रसूतिबापत उठेको ३२७ डलरको बिल उनले तिर्नु परेन । ‘अस्पतालको शय्यामा बस्नु भनेको होटेलमा बस्नु जस्तै हो,’ ऐनामो-म्याकडोनाल्ड भन्छिन् ।
संयुक्त राज्य अमेरिकामा मातृत्व हेरचाहको लागि लाग्ने औसत् खर्च ४५०० डलर हुने गरेको बताउँछन् । मिसिगन युनिभर्सिटीले गरेको अध्ययन अनुसार मातृत्वको हेरचाह र सुविधाहरूको गुणवत्ता अस्पताल अनुसार निर्भर हुने बताइएको छ ।
तर फिनल्याण्डले संयुक्त राज्य अमेरिकामा भन्दा भिन्न शैली अपनाएको छ । फिनल्याण्डले प्रसूतिको समयमा आमा र बच्चाले उचित स्वास्थ्य उपचार पाउनुलाई व्यावहारिक रूपमा नै अधिकारको रूपमा दिने गरेको छ । पहिलो बच्चा जन्माउने परिवारलाई सरकारले नै मातृत्व प्याकेज अनुसार केही अनुदान दिने गर्छ । साथै सुत्केरी अवस्थामा अभिभावकलाई लामो बिदा र हेरचाहका कारण धेरैले फिनल्याण्डलाई प्रसूतिको लागि आदर्श गन्तव्यको रूपमा मान्ने गर्छ ।
सुँडेनीहरू र पानीको जन्म मानक छन्
फिनल्याण्ड अस्पतालमा केवल बसोबासको लागि मात्रै होइन । सुत्केरी अवस्थामा खानुपर्ने पौष्टिक आहारको समेत पूर्ण बन्दोबस्त गरिन्छ । फिनल्याण्डको राजधानी हेलसिंकीमा अस्पतालमा बस्नको लागि एक दिनको शुल्क लगभग ४२ अमेरिकी डलर लाग्छ । सामाजिक सेवाहरू र स्वास्थ्य सेवा विभागका अनुसार प्रसूतिको समयमा औसत दुई वा तीन दिन रहनुपर्ने हुन्छ । हेलसिन्की विश्वविद्यालय अस्पतालमा प्रसूति र स्त्री रोग विभाग प्रमुख, सेप्पो हेनोननका अनुसार यही सुविधाहरूका कारण प्रसूतिको लागि फिनल्याण्ड एक सुरक्षित राष्ट्र मानिन्छ ।
अमेरिकी प्रसूति प्रणालीसँग तुलना गर्दा फिनल्याण्डको प्रक्रिया पनि अलिक भिन्न छ । उदाहरणका लागि फिनल्याण्डमा कुनै जटिल समस्या नपरेसम्म प्रसूतिको नेतृत्व सुँडेनीहरूले गर्छन् । जसले गर्दा पनि सुत्केरीको राम्रो हेरचाह हुने गरेको छ ।
हेलसिंकी विश्वविद्यालयको अस्पतालमा, बच्चा जन्माउने हरेक एक सुत्केरीलाई एक जना सुँडेनी हेरचाहको लागि खटाउने गरिन्छ । यदि कुनै जटिलता आयो भने मात्र प्रसूति रोग विशेषज्ञ / स्त्री रोग विशेषज्ञलाई त्यसको जिम्मेवारी दिइन्छ ।
क्यानाडा र न्युजिल्याण्ड जस्ता कम मातृ र शिशु मृत्यु दर भएका अन्य देशहरूमा पनि सुँडेनीहरूको उपलब्धता र सहजता देखिन्छ । ती देशहरूमा सुँडेनीहरूको हेरचाहको अत्यन्त कम शुल्क लाग्ने गर्छ ।
नयाँ अभिभावकको लागि अनुदान
फिनल्याण्डमा सामाजिक सुरक्षा कार्यक्रम अनुसार पहिलोपटक प्रसूति हुने आमा बच्चा र उक्त परिवारलाई विभिन्न किसिमका योजनाहरू ल्याउने गरेको पाइन्छ ।
मातृत्व अनुदान जस्ता कार्यक्रम अनुसार ६३ किसिमका वस्तुहरूले भरिएको बक्स सरकारले हरेक सुत्केरीलाई दिने गर्छ । जस अनुसार एउटा फिनिस बेबी बक्समा बच्चाको लागि आवश्यक पर्ने ६० प्रकारका सामग्रीहरू दिने गरिन्छ । जस अनुसार कम्बल, एक हल्का तौलको टावल, ऊनको टोपी, चिसो मौसमको लागि अनुहारमा मास्क लगायतका सामग्रीहरू पाइन्छ ।
यसरी फिनल्याण्डमा भएको प्रसूतिसम्बन्धि विभिन्न नीतिहरूका कारण फिनल्याण्डलाई प्रसूतिको लागि आदर्श मुलुक मान्ने गरिन्छ ।
अमेरिकी टेलिभिजन च्यानल सीएनबीसीको सहयोगमा
एक टिप्पणी भेजें
0 टिप्पणियाँ