माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
२२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आइतबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएको हो ।
केन्द्रीय कार्यालयका पेरिसडाँडाका सचिव श्रीराम ढकालले केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जानकारी दिए । उनका अनुसार बैठकको अर्को मिति तोकिएको छैन ।
ढकालले अनलाइनखबरसँग भने, ‘पाँच–छ जना नेताहरु नै भ्याली बाहिर हुनुहुँदो रहेछ, त्यही भएर बैठक स्थगित गरिएको हो, अर्को बैठकको मिति तय भइसकेको छैन ।’
एक टिप्पणी भेजें
0 टिप्पणियाँ