म्यानचेष्टर युनाइटेडको पुनरागमन जित
२३ चैत, काठमाडौं । म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा ब्राइटनविरुद्ध पुनरागमन जित हात पारेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेडले ब्राइटनलाई २-१ ले पराजित गरेको हो ।
युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्लबकै पूर्व खेलाडी डानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा ब्राइटनले अग्रता कायम राखेपनि दोस्रो हाफमा युनाइटेडले दुई गोल फर्कायो । ६२औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेडका लागि बराबरी गोल गरे ।
८३औँ मिनेटमा मासोन ग्रीनउडले गोल गर्दै युनाइटेडलाई जित दिलाए ।
जितपछि ३० खेलबाट ६० अंकसहित युनाइटेड दोस्रो स्थानमै छ । शीर्ष स्थानको म्यानचेष्टर सिटीभन्दा युनायटेड अझै १४ अंकले पछि छ । ३१ खेल खेलेको सिटीको ७४ अंक छ । ब्राइटन ३० खेलबाट ३२ अंकसहित १६औं स्थानमा छ ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ