मालदिभ्समा भएको विष्फोटमा पूर्वराष्ट्रपति घाइते
२४ वैशाख, काठमाडौं । मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते भएका छन् । उनको एक अस्पतालमा उपचार भइरहेको छ ।
मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् यसको जानकारी दिएको छ ।
राजधानी मालेको निलोआफरु मागु इलाकामा भएको विष्फोटमा पूर्वराष्ट्रपति नाशिद घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय मिडियाका अनुसार विहीबार साँझ उनको कार नजिकै विष्फोट भएको थियो ।
प्रहरीले घटनास्थल घेरा हालेर अनुसन्धान जारी राखेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ