जाङ्गबु शेर्पा: कोरोना जितेको डेढ सातामा सगरमाथा आरोहण

३ जेठ, बाजुरा। विश्व कीर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले सत्रौँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले कोरोनाबाट सञ्चो भएको डेढ सातामै बहराइनका राजकुमारसहितको टोलीसँगै सगरमाथा आरोहण गरेका हुन । उनले वैशाख २८ गते मंगलबार बिहान ६ बजेर ५ मिनेटमा सगरमाथा आरोहरण गरेका हुन् ।

जाङ्ग्बु शेर्पा कीर्तिमानी आरोही हुन् । उनले सन् २००६ मा ४ मिनेट ४० सेकेन्ड सगरमाथाको चुचुरोमा कपडा नलगाई विश्व रेकर्ड कायम राखेका थिए । बहराइनको राजकुमारको टोलीसँगै काठमाडौबाट २२ चैत २०७७ मा बेस क्याम्प प्रस्थान गरेका थिए । जाङ्ग्बु सगरमाथा बेश क्याम्पमा बिरामी भएका थिए । ज्वरो आउने, खोकी लाग्ने समस्या भएपछि उनी ७ वैशाख २०७८ मा हेलिकप्टरमा काठमाडौ आएका थिए । काठमाडौं चेकगर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो

कोरोना संक्रमण भएपछि उनी ६ दिन अस्पताल बसे भने ६ दिन होम आइसोलेसनमा बसे । कोरोना मुक्त भएलगत्तै उनी फेरि बैशाख १९ गते सगरमाथा बेश क्याम्प तिर लागेका थिए । उनले बैशाख २८ गते सगरमाथा सफल आरोहरण गरेका थिए ।

जाङ्ग्बु भन्छन्, ‘कोरोना संक्रमण भएर बिरामी भएँ, सञ्चो हुने बित्तिकै सगरमाथा गएँ । कोरोना जितेर जानु धेरै जोखिम थियो, आत्माबल बलियो बनाएर गएको थिए । कुनै समस्या नभएर राम्रै सँग सगरमाथा आरोहरण गरेर काठमाडौ फर्केको छु ।’

उनले सामाजिक सञ्जाल मार्फत कोरोना संक्रमितलाई भनेका छन्– कोरोना जित्न आत्मबल ठुलो कुरा हो, म कोरोना जिते लगत्तै सगरमाथाको चुचुरो पुगेर आएको छु । कोरोना संक्रमण भएँ भन्दै आत्माबल कमजोर नबनाउन सबैमा आग्रह गर्दछु ।

जाङ्ग्बुले २००३ देखि २०१९ सम्म १६ पटक सगरमाथा आरोहण गरिसकेका छन् । यो उनको १७ औ आरोहण हो । २०२० भने कोरोनाका कारणले सगरमाथा आरोहरण गर्न नसकेको उनी बताँउछन् । जाङ्ग्बु पछिल्लो समय सामाजिक सेवामा पनि तल्लिन छन् । उनले दुुर्गममा रहेको पिडित दुखि असाहयलाई सहयोग गरिरहेका छन् ।



एक टिप्पणी भेजें

0 टिप्पणियाँ