भिरबाट लडेर वडासदस्यको मृत्यु

९ असार, सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–२ का वडा सदस्य सुशीला नेपालीको भिरबाट लडेर मृत्यु भएको छ ।

उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति उनको मृत्यु भएको नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिइन् ।

भेरी–२ डिंगास्थित घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा नेपाली लडेर घाइते भएकी थिइन् ।



एक टिप्पणी भेजें

0 टिप्पणियाँ