मेलम्ची नदीमा फेरि बाढी आयो
४ असार, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरि बाढी आएको छ । पहिरोले नदी थुनिएर बनेको बाँध फुट्दा बुधबार राति आएको बाढीले मेलम्ची बजारमा ठूलो क्षति गरेको छ ।
शुक्रबार पानीको सतह निकै कम भएको थियो । तर साँझबाट फेरि बाढी आएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छन् ।
‘नदीमा पानीको सतह निकै कम भएको थियो । तर साँझबाट फेरि बाढी आएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘अस्तिको जस्तो चाहिँ होइन, तर बाढी चाहिँ आएको छ ।’
उनका अनुसार बाढीले माथिल्लो क्षेत्रमा के कति क्षति भयो भन्ने खुलेको छैन ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ