कोरोना संक्रमित वृद्धको चितवनमा ज्यान गयो

२० असोज, चितवन । पूर्वी नवलपरासीका एकजना कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु भएको छ ।

कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान चितवन मेडिकल कलेज (सीएमसी)मा मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले सघन उपचार कक्षमा उपचाररत ती वृद्धको मृत्यु भएको पुष्टि गरे ।

निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ उनी यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए । उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएलगत्तै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार सुरु गरिएको थियो ।

यो पनि पढ्नुहोस बीपी प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु

एक टिप्पणी भेजें

0 टिप्पणियाँ