दमकका मेयरलाई कोरोना संक्रमण, नगरपालिका बन्द

२० असोज, दमक । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई संक्रमण पुष्टि भएको हो । उनकी पत्नी र छोरालाई समेत कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए ।

नगरप्रमुखसहित एक वडाध्यक्षलाई पनि संक्रमण पुष्टि भएपछि दमक नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।

 



एक टिप्पणी भेजें

0 टिप्पणियाँ