रोनाल्डोको दुई गोल, युभेन्ट्स तेस्रो स्थानमा
११ फागुन काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा युभेन्ट्सले इटालियन सिरी ए मा सहज जित हात पारेको छ ।
सोमबार राति भएको खेलमा रोनाल्डोको दुई र बेस्टन म्याकेनीको एक गोल मद्दतमा युभेन्ट्सले क्रोनटोनलाई ३-० ले हरायो ।
घरेलु मैदानमा भएको खेलको ३८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइमममा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।
दुई गोलपछि यस सिजन सिरी ए मा १८ गोल गरेका रोनाल्डो सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।
म्याकेनीले ६६औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले ३-० को जित हात पारेको हो ।
जितपछि २२ खेलबाट ४५ अंक जोड्दै युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्स शीर्ष स्थानको इन्टर मिलानभन्दा अझै ८ अंकले पछि रहेको छ भने दोस्रो स्थानको एसी मिलान भन्दा ४ अंकले पछि छ । इन्टर र एसी मिलानले समान २३ खेल खेलेका छन् ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ