बार्सिलोनालाई पछि पार्दै सेभिया तेस्रो स्थानमा
११ फागुन, काठमाडौं । सेभिया स्पानिस ला लिगाको अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ ।
सोमबार राति भएको खेलमा ओसासुनालाई २-० ले पराजित गर्दै सेभियाले बार्सिलोनालाई पछि पारेको हो ।
सेभियालाई जित दिलाउन डिएगो कार्लोस र लुक डी जोङले एक-एक गोल गरे ।
ओससुनाको मैदानमा भएको खेलको १९औं मिनेटमा डिएगोले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा लुक डी जोङले सेभियाका लागि दोस्रो गोल गरे ।
जितपछि २३ खेलबाट ४८ अंक जोड्दै सेभिया तेस्रो स्थानमा उक्लेको हो । समान खेलबाट ४७ अंक रहेको बार्सिलोना चौथो स्थानमा झरेको छ ।
२४ खेलबाट २५ अंकसहित ओसासुना १३औं स्थानमा छ । क्रोटोन १२ अंकसहित पुछारमा रहेको छ ।
एक टिप्पणी भेजें
0 टिप्पणियाँ